
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार जेठ २८ गते, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको हकप्रद पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले शुक्रबार जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद पछिको भाउ समायोजन गरेको हो।शेयरमूल्य समायोजन पश्चात जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्य ३४३ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर आईतबार जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ५८६ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।