ज्ञानमाण्डू।एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजना अन्तर्गत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।
बैंकले चाडपर्वको अवसरलाई लक्षित गर्दै ग्राहकहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो ।
उक्त विप्रेषण रकम बैंकले आफ्नो देशभर फैलिएका २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवम् ९हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ ।
यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने विश्वास बैंकले लिएको छ । यो योजना भदौ १ देखि असोज ३० गतेसम्म लागू हुने जनाइएको छ ।