
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, जेठ ३१ गतेका दिन सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको थप १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर सूचीकृत भएको हो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ को अनुपातमा प्राप्ति(एक्वायर) गर्दा कायम हुन आएको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड तर्फको शेयर आफ्नो अर्थात सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाकारी दिएको छ । हाल सूचीकृत भएको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर र यस अघि सूचीकृत ९ करोड ८१ लाख ७० हजार २८ कित्ता शेयर समेत गरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कुल सूचीकृत शेयर संख्या ११ करोड ६६ लाख २० हजार ४०९ कित्ता पुगेको छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्जमा कारोवार हुन सक्ने गरी संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गरि उक्त संस्थाको शेयर सूचीकृत भएको हो ।
