![](https://1.bp.blogspot.com/-nzcpyawS49w/YOMeoqY7Z9I/AAAAAAAAOPA/dHMpY_L0YpcbgG3q_sy9a1dskwAtKrF3ACNcBGAsYHQ/s16000/Nepse%2BJust%2BListed.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार, अषाढ २७ गतेका दिन दुई संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार डिप्रोस्क लघुवित्त वित्तिय संस्था लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरि कुल १ करोड ८५ लाख ४६ हजार २४८.९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
डिप्रोस्क लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। डिप्रोस्क लघुवित्तको कुल १५ लाख ८ हजार १५० दशमलव ३६१८ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-yxfIthlolqI/YOrpeTzvmHI/AAAAAAAAOXg/AbZMh27snx8Za5peWX_OdfmkUHnOtdeqACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-07-11%2Bat%2B18.36.49.png)
आइतबार सूचीकृत भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३१ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । इन्स्योरेन्सको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-bcuATvzZrGM/YOrp_cU2OCI/AAAAAAAAOXo/w17YyqxLX60AhfUWIXA5mlRS2IPCYYi_QCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-07-11%2Bat%2B18.39.02.png)
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।