
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २४ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार साउन २२ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको देख्न सकिन्छ ।