ज्ञानमाण्डू।बैंक अफ काठमाडौँ लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक ८ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको २०६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १४ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा ४ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने बैंक अफ काठमाडौँ लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७६/७७ मा बैंक अफ काठमाडौँ लिमिटेडले १३ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम नगद लाभांश गरि जम्मा १६ प्रतिशत लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।