ब्लु चिप मानिने यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई कति लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएका छन् भन्ने विषयमा हामीले यहाँ छलफल गर्ने छौँ।
त्यस्तै, जीवन बीमा कम्पनीहरू मध्ये लिडर र ब्लु चिप मानिएको स्टक नेपाल लाइफ इन्स्योरेन्स हो। इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ र ७६/७७ गरी दुई आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी रहेको छ। बीमा कम्पनीहरुको एक्चुअरी मूल्याङ्कन पश्चात् मात्र वास्तविक वित्तिय तथ्यांक आउने हुँदा उक्त कम्पनीहरुले एक वर्षको अवधि पश्चात् मात्र आफ्नो लाभांश प्रस्ताव गर्ने गरेका छन्।
त्यसै गरी सरकारी स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र हिमालयन डिस्टिलरीले पनि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट गत सालको लाभांश तोक्न भने बाँकी नै रहेको छ। आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष ७६/७७ सम्म दुवै कम्पनीले प्रदान गरेको लाभांशलाई हेर्दा उक्त कम्पनीहरुले निरन्तर आकर्षक लाभांश शेयर धनीलाई दिँदै आएको देख्न सकिन्छ । ४ वर्षको अवधिमा नेपाल दूरसञ्चार कम्पनीले १९५ प्रतिशत र हिमालयन डिस्टिलरीले कुल २९२.१० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको तथ्याङ्कले देखाएको छ। नगद लाभांशलाई प्राथमिकता दिने यी दुई कम्पनीले राम्रो लाभांश वितरण गर्ने प्रति धेरै लगानीकर्ता आशावादी देखिन्छन्।