
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १९ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार , नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।