![](https://1.bp.blogspot.com/-yHsvHplUoGc/YA-45q8ayWI/AAAAAAAALoA/kDj2nyO00t4qTaqvN1RMdhEdwWy7F_YjQCNcBGAsYHQ/s16000/Gold%2BPrice%2BUp.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष ८ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।