ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत १ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात साेमबार फागुन ३० गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको देख्न सकिन्छ ।