बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो केबलकार सेवालाई अझ सुरक्षित र विश्व स्तरीय बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरको आकस्मिक उद्धार तथा निकास सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
उक्त तालिमको लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई अन्तर्राष्ट्रिय उद्धार विशेषज्ञहरूद्वारा तालिम प्रदान गरिने तथा स्थानीय प्रहरी कार्यालय तथा संस्थाहरू सँग समेत समन्वयन गरिएको कम्पनीका प्रमुख कार्यकारी रोमन मान श्रेष्ठले बताउनुभयो ।
यस तालिम आगामी २०८२ भदौ १६, १७ र १८ गते (सेप्टेम्बर १ – सेप्टेम्बर ३, २०२५) बन्दिपुर केबलकार परिसरमा हुने जनाएको छ । यस कार्यक्रममा केबलकार सेवामा आबद्ध केबलकारका सम्पूर्ण कर्मचारीहरूलाई सहभागी गराई तालिम दिने कम्पनीका साइट ईनचार्ज ई.प्रताप उपाध्यायले जानकारी गराउनुभयो । यस कार्यक्रम अन्तर्गत ३०० मिटर भन्दा बढीको रोप सम्बन्धी रेस्क्यू तालिम समेत गराइने उपाध्यायले बताउनु भयो । ३ (तीन) दिन सम्म सञ्चालन हुने तालिमका क्रममा केबलकार सेवा अस्थायी रूपमा बन्द रहनेछ । कम्पनीले यस अवधिमा यात्रुहरूलाई पर्ने असुविधाप्रति क्षमा याचना गर्दै यात्रु सुरक्षालाई प्राथमिकता दिने आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठ ले यो तालिमले बन्दिपुर केबलकारलाई विश्व स्तरीय सुरक्षा मापदण्डहरू मेल खाने र कर्मचारीहरूलाई व्यवसायकी रूपमा दक्ष हुने सँगै नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदम हुने बताउनु भयो ।
 
बन्दिपुर केबलकारमा अन्तर्राष्ट्रिय स्तरको उद्धार तालिम हुने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    