ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २६५० दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ०३ अंकले बढेर ४९९ दशमलव ३३ को विन्दुमा पुगेको छ ।
आज कूल २३५ कम्पनीका ५३ लाख २९ हजार ९९३ कित्ता शेयर रु २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह १० दशमलव ५४ अङ्कले, जलविद्युत उपसमूह १३.२९ अङ्कले र वित्त उपसमूह ७.८७ अङ्कले घटेका छन् । यता, बैंकिङ उपसमूह ६ दशमलव ८१ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह २० दशमलव १७ अङ्कले, विकास बैंक उपसमूह ५६.७५ अङ्कले, निर्जीवन बीमा ८४.६५ अङ्कले, उत्पादन उपसमूह ४९.६३ अङ्कले, अन्य उपसमूह २८.६१ अङ्कले, लघुवित्त उपसमूह २६.३९ अङ्कले, जीवन बीमा उपसमूह २६८.८८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५२ अङ्कले बढेको छ।