नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य कम्पनी, -१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवर्द्धन गरेको पब्लिक कम्पनीले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जन राज पौडेल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा भएको थियो ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डिपि लिमिटेडले यसको प्रवर्द्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरूमा विशेष योजनाहरू पनि घोषणा गर्नेछ ।
लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दै छन् । फ्रेंचाइजको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय खेलाडी आइपिएल ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व वल्र्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इङ्गल्यान्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।
नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् लुम्बिनी लायन्सले २०८१ मङ्सिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।
नेपाल डिपिले गर्यो एनपिएलको लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग प्रायोजन सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en