नेपाल बैङ्क लिमिटेड र ई कमर्स प्लेटफर्म अनलाइन दराजबिच भुक्तानी सेवा सम्झौता

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैङ्कमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैङ्कका निक्षेप कर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १०% वा अधिकतम रु १,५०० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० बराबरको छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्नको लागि नेपाल बैङ्कको शाखाहरूमा समर्पक गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैङ्कले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

सो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x