होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको २६ औँ स्थापना दिवसको अवसरमा लुम्बिनी केबलकारको टप स्टेसन तिनाउ गाउँपालिका वडा नं.–३ वसन्तपुर पाल्पामा बृहत् रक्तदान कार्यक्रम तथा लुम्बिनी केबलकार लिमिटेड र होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देही बिच केबलकारको टिकट बिक्री सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
यो सँगै सो सङ्घमा आबद्ध १२ सय भन्दा बढी व्यवसायीहरूले लुम्बिनी केबलकारको टिकट आ–आफ्नो व्यावसायिक स्थानबाट नै बेचबिखन गर्न सक्ने तथा सङ्घमा आबद्ध व्यवसायीका कर्मचारीहरू लुम्बिनी केबलकारको यात्रा गर्दा सामान्य टिकटमा २० प्रतिशत सम्म छुट पाउने गरी सहकार्य भएको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले जानकारी गराउनु भयो ।
टिकट बिक्रीको लागि सम्बन्धित व्यवसायीको व्यवसाय स्थलमा नै लुम्बिनी केबलकारको टिकट बिक्री पोर्टल इन्स्टल लुम्बिनी केबलकार लिमिटेडले नै गरिदिने र यसरी पोर्टल इन्स्टल गरिसकेपछि लुम्बिनी केबलकारको टिकट ग्राहकलाई सिधै बिक्री गर्न सकिनेछ ।
यसरी टिकट बिक्री बापत सम्बन्धित व्यवसायीले प्रतिटिकट १० प्रतिशत कमिसन प्राप्त गर्न सक्ने व्यवस्था गरिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
सो समझदारी पत्रमा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको तर्फबाट अध्यक्ष लेखनाथ भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।
 
लुम्बिनी केबलकार द्वारा १२ सय भन्दा बढी व्यवसायी आबद्ध रहेको संस्था सँग एकै पटक सहकार्य
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    