अध्यक्ष ढकालद्वारा लगानीको आव्हान
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबिचको रण नैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताउनुभएको छ । ११२ औ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राख्नु भएको हो ।
यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुभएको हो । नेपालका रोजगारताहरू श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।
सामाजिक सुरक्षा लैगिंक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसँग १० हजार मेगावाट बिद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
यसै गरी भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रय शक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि बताउनुभयो ।
सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरू पनि नेपालको लाभका क्षेत्र रहेको उहाँले बताउनुभयो । लगानी सहजी करणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अङ्गीकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराउनुभयो ।
सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरू सँग पनि भेटवार्ता गर्नुभएको थियो ।
११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
