नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै चेम्बर सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको हो ।
नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने जनाएको छ । श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबिचको पारस्परिक सम्बन्धले उत्पादन र उत्पादकत्व बढ्ने उल्लेख गरेको छ ।
चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरेको छ, शुभकामना सन्देशमा भनिएको छ, स्वास्थ्य सेवामा श्रमिकको पहुँच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ ।
सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।
श्रमिकको सुरक्षा तथा लगानीमैत्री वातावरणमा जोड दिनु पर्छ : चेम्बर अफ कमर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
