कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
जिल्ला सहकारी सङ्घ मोरङद्वारा आज यहाँ आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस–२०८० को उद्घाटनमा उहाँले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले महिलाको सशक्तीकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राख्नुभयो । उहाँले जनताले बचत गरेको सहकारीमा अनियमित गर्ने कार्य निरुत्साहित गर्न कानुन संशोधन गरी आवश्यक नियमन गर्नुपर्ने बताउनुभयो ।
सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्र आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने काम गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारी सञ्चालकले कारोबार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउनुहुँदै जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।
मन्त्री खत्रीले प्रदेशमा सहकारी मैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले कोशी प्रदेशका प्रमुख घनश्याम खतिवडाले लोकतन्त्रमा सहकारी फस्टाउने र ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान गराउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल लगायतले मुलुकमा एक सय वटा सहकारीमा देखिएको समस्याका कारण यो क्षेत्र बदनाम भएकाले यसको समाधान गर्न राष्ट्रिय सहकारी ऐन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।
मोरङ जिल्लाभित्र एक हजार ४० सहकारी छन् । ती सहकारीमा चार लाख ४३ हजार सदस्य रहनुका साथै रु २९ अर्ब कारोबार हुने गरेको तथ्याङ्क छ ।
 
‘आर्थिक स्तर सुधारमा सहकारीको भूमिका महत्त्वपूर्ण’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    