नेपाल र युरोपियन युनियन (इयू) बिचको संयुक्त आयोगको १५औँ बैठक मङ्गलवार काठमाडौँमा बस्दै छ । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ । दुवै पक्षले नेपाल र युरोपियन युनियनबिचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यका समग्र पक्षहरूको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ ।
गत फागुन २३ गते नेपाल र युरोपियन युनियनबिचको विकास सहयोग उपसमितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो । बैठकमा नेपाल र युरोपियन युनियनबिच जारी विकास सहयोगका समग्र पक्षका बारेमा विचार आदानप्रदान भएको थियो । बैठकमा साझेदारीको स्तर अभिवृद्धि र विकास सहयोगको प्रभावकारिता बढाउनको लागि भावी कार्यदिशाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
नेपाल र युरोपियन युनियनबिचको संयुक्त आयोगको १५औँ बैठक मङ्गलवार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en