![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख १३ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhe8tzytkkrf2zFKSuVaK4Qg4wnh71sXyc9Sn2aeNsxBS91OpCiU1bLQTNHJce-G-IEHK_5qVcLFmztH93DpDysSP6rJArlLkPFyGzr8f7Gr0RmVIh6kBNPA6JBYecLh8isx8oQTTtm2-bYgqT2JOZYjsN_AQt-Drghw0P0W-aJJRlh6Ctek-u3nRGWug/s16000/Screenshot_10.png)
अघिल्लो कारोबार दिन अर्थात साेमबार वैशाख १२ गतेका दिन, छापावाला सुन प्रतितोला १लाख २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ ।