ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख १४ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार वैशाख १३ गतेका दिन, छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।
सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
