अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपिओ जारी गर्दा तीन पटक सार्वजनिक निष्कासनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलो पटक, वैदेशिक रोजगारमा गएकालाई दोस्रो पटक र सर्वसाधारणलाई तेस्रो पटक शेयर निष्कासन गर्नुपर्नेछ ।
नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आइपिओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्कासन गर्नुपर्ने भएको हो । स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलो पटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्कासन गर्दथ्यो ।
आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्कासन हुने गरेको थियो । दुई पटक शेयर निष्कासन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गुनासो गर्नेहरूले वैदेशिक रोजगारीमा जानेहरूको लागि पनि फेरि छुट्टै आइपिओ जारी गर्नुपर्ने भएको छ ।
स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपिओ जारी गर्दा तीन पटक सूचना प्रकाशित गर्नुपर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
