
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१ दशमलव ९७ अंकले घटेर १८८५ दशमलव ३१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव २८ अंकले घटेर ३६७ दशमलव ३६ को विन्दुमा पुगेको छ ।
आज कूल २५३ कम्पनीहरूका ३५ लाख १२ हजार ८३४ कित्ता शेयर रु १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर ओरालाे लागेका छन् । बैंकिङ उपसमूह ३० दशमलव ८० अङ्कले घट्दा विकास बैंक उपसमूह ४७.९१ अङ्कले, वित्त उपसमूह २०.९९ अङ्कले, होटल तथा पर्यटन उपसमूह २७.६१ अङ्कले, जलविद्युत उपसमूह २६.४७ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६९ अङ्कले, जीवन बीमा उपसमूह ७८.४४ अङ्कले, उत्पादन उपसमूह ८२.०० अङ्कले, लघुवित्त उपसमूह ५५.३४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १३ अङ्कले, निर्जीवन बीमा ९८.४० अङ्कले, अन्य उपसमूह २१.०८ अङ्कले र ट्रेडिङ उपसमूह २४.५९ अङ्कले घटेकाे छ।
 
धितोपत्र बजारमा ३१.९७ अङ्कको गिरावट, नेप्से १८८५.३१ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            