
ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ। सोमबार नेप्सेले ऐतिहासिक उचाइ बनाउँदै २५८६ अंक पुगेपछि आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ भन्दा माथि पुगेको हो। २१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब दुई अर्ब रुपैयाँ पुगेको छ। बैंकको सेयर प्रतिकित्ता ४९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
