नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दूषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमा शुल्क सङ्कलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी छनौट भएका ८३ जना अभिकर्ताहरूलाई भव्य समारोहका बिच सम्मान गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गर्नुभएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताउनुभयो ।
उहाँले एमडिआरटी २०२६ मा तोकिएको बीमा शुल्क सङ्कलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान गर्नुभएको थियो । साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना चेज योर एमडिआरटीमा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गर्नुभएको थियो । यसै गरी सबै भन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तीनकुने शाखालाई पनि सम्मान गर्नुभएको थियो ।
कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले सहभागीहरूलाई स्वागत गरेको सो कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गर्नुभयो । विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रम समावेश गरिएको भव्य समारोहमा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूहरूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेस लिडरहरूले बताएका थिए ।
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
