सोलु हाइड्रोपावरको सर्वसाधारणका लागि आइपिओ आजदेखि खुला, ८२ लाख कित्ता निष्कासन

Gyanmandu | Achieving Excellence Together
सोलु हाइड्रोपावर लिमिटेडले आज पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ ल्याएको हो।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रि–अलटमेन्ट गरिसकिएको छ। त्यस्तै, १० लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।

दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आइपिओमा माघ ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणाली मार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x