नेपाल राष्ट्र बैंकमा रिक्त रहेका निम्न पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०८२ मंसिर १९ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न आव्हान गरिएको छ । विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय/ संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), सहायक (सहायक द्वितीय) को हकमा लोक सेवा आयोगबाट मिति २०८२/०७/१५ मा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, तोकिएका अन्य कागजात प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति संलग्न (Scan Attach ) गरी तोकिएको दस्तुर तिरी मिति २०८२ पुस १० सम्म र दोब्बर दस्तुर तिरी मिति २०८२ पुस १७ सम्म विद्युतीय माध्यममार्फत दरखास्त पेश गर्नुपर्नेछ । मिति २०८२ पुस १० सम्म जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र ( समकक्षता आवश्यक परेमा सो समेत) मात्र आवेदनका लागि ग्राह्य हुनेछ । म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । लोक सेवा आयोगबाट परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगबाट सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही भएको भएमा उक्त उम्मेदवार तोकिएको अवधिभित्र विज्ञापनको लागि दरखास्त पेश गर्न योग्य हुनेछैन । झुट्टा विवरण उल्लेख गरी विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनु पर्नेछ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
आवश्यक न्यूनतम शैक्षिक योग्यता
क) विज्ञापन नं. १३/२०८२, सहायक निर्देशक, खुला (अर्थशास्त्र) : स्वदेशी विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ ।
ख) विज्ञापन नं. १४/२०८२, सहायक निर्देशक, खुला (व्यवस्थापन) : स्वदेशी विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ ।
ग) विज्ञापन नं. १५/२०८२, सहायक निर्देशक (खुला, महिला, आ.ज., मधेसी, दलित, अपाङ्ग, पि.क्षे.): मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
घ) विज्ञापन नं. १६ / २०८२ सहायक निर्देशक (लेखा / लेखापरीक्षण) : मान्यताप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी (CA/ACCA CPA) परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
ङ) विज्ञापन नं. १७/२०८२ सहायक निर्देशक (वाणिज्य कानुन) : मान्यताप्राप्त विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको वा अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कानुन विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।
च) विज्ञापन नं. १८ / २०८२, सहायक ( सहायक द्वितीय श्रेणी): मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, लोक सेवा आयोगबाट मिति २०८२/०७ १५ मा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको सङ्गठित संस्थाहरूको अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको पूर्वयोग्यता परीक्षामा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरू मात्र प्रमाणपत्र जारी गरेको मितिले एक वर्षभित्र प्रशासन सेवातर्फको सहायक ( सहायक द्वितीय श्रेणी) पदमा दरखास्त पेश गर्न सम्भाव्य उम्मेदवार हुने भएकोले बहाल अवधि भित्रको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
अनलाईन दरखास्त पेश गर्ने तरीका : Click here to apply.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
