सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेका ३४ हजार ७५० कित्ता शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिदमा इच्छुक व्यक्ति वा कम्पनीहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।
शेयर खरिदका लागि आवेदन ललितपुरको महालक्ष्मीस्थित कर्पोरेट कार्यालय वा शेयर रजिस्ट्रार कुमारी क्यापिटलमा बुझाउन सकिने संस्थाले जनाएको छ।
सूर्योदय वोमी लघुवित्तकाे ३४,७५० संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
