अन्तर बैङ्क कारोबारमा ५७.५८ प्रतिशतको गिरावट

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा मुलुकको अन्तर बैङ्क कारोबारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार, वाणिज्य बैङ्कहरूमार्फत १४ खर्ब ७० अर्ब ८६ करोड रुपैयाँ  र अन्य वित्तीय संस्थामार्फत १ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँको कारोबार गरी कुल १६ खर्ब २० अर्ब ५४ करोड  रुपैयाँको अन्तर बैङ्क कारोबार सम्पन्न भएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५७.५८ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वाणिज्य बैङ्कहरूले मात्रै ३४ खर्ब ७७ अर्ब ४ करोड रुपैयाँ कारोबार गरेका थिए भने अन्य वित्तीय संस्थाले ३ खर्ब ४४ अर्ब ५ करोड रुपैयाँ कारोबार गरेका थिए। उक्त अवधिमा कुल अन्तर बैङ्क कारोबार ३८ खर्ब २१ अर्ब ९ करोड पुगेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x