सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेस रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यानेजरहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका अध्यक्षले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरूको सङ्ख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताउनु भयो ।
आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाइमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताउनु भयो । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गर्नुभयो । आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीता पूर्वक उतार्नु आवश्यक रहेको जानकारी प्रदान गर्नुभयो ।
साथै कार्यक्रममा आ.व. २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू, शाखा तथा उप–शाखाका प्रबन्धकहरूलाई सम्मान गरिएको थियो ।
 
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यवसाय समीक्षा बैठक सम्पन्न
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            