नेपाल टेलिकमले ल्यायो फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने सुविधा



नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम (FTTH) जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका  FTTH सेवाका प्याकेजहरू परिवर्तन समेत गर्न सक्नेछन् ।

यसै गरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NtTV) का ग्राहकहरूका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका Basic तथा  Premium Package खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू subscription  गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।

सो सेवा सञ्चालनसँगै FTTH सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास रहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x