झापाको पुँजीगत खर्च ८७ प्रतिशत



गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगततर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपैयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ रु पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । “चालुतर्फको विनियोजित रु १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात् रु १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ” उहाँले भन्नुभयो ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात् १९ अर्ब ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०/०८१ म रु १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व सङ्कलन भएको छ । सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकडभिट्टाबाट रु १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको सङ्कलन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x