बुधवार देखि खुल्यो खड्गदेवी मन्दिर

पुरातात्त्विक महत्वको प्राचिनकालीन मन्दिर खड्गदेवी मन्दिर २०८१ साल असार ५ गते बुधवार देखि सर्वसाधारणलाई दर्शनको लागी विधिवत् खुल्ला गरिएको छ । खड्गदेवी मन्दिर सञ्चालक समितिको बैठकले लामो समय देखि प्रयास गर्दै आएकोमा हाल आएर खुल्ला गर्ने निर्णयमा पुगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले बताउनुभएको छ  । करिब ६०० वर्ष भन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक समेत मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातीका तिन पुजारीहरू समेत रहेका छन् । 

भगवान् शिवजीले राजा मणीमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको  र यस तरबारले नागको रूप लिएर घरको परिक्रमा गरिरहे पछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रूप धारण गरी उडेर बन्दिपुर डाँडामा खसी उछिट्टिएर यस ठाउँमा भगवान् शिवजीको सन्देश स्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किम्बदन्ती रहेको छ । यहाँका बन्दीपुरेहरुले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको ९ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आर्सीवाद पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । विशेष गरी सेना, प्रहरी र फलाम सम्बन्धी कार्य गर्नेहरूको लागी मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताउनु भयो ।

मन्दिर दर्शनको लागी केबलकारचोक देखि मन्दिर सम्म केबलकारमा सवार गरी सहज ढङ्गले दर्शनार्थीले देवीको दर्शन गर्न पाउनेछन् । बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म मन्दिर खुल्ला रहने अर्को मन्दिरका प्रमुख मगर खाँडे पुजारी राम कुमार आलेले बताउनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x