ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सात वटै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।
यही पौष १७ गतेदेखि ग्लोबल आइएमई बैङ्क आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दै छ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्क सञ्चालक समिति सदस्यहरू, बैङ्क उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लेकार्ड तथा ब्यानर सहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथ स्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्य मुख्य सहरहरू परिक्रमा गरेका थिए ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरू अनुसार मुलुककै सबैभन्दा ठुलो बैङ्क वाणिज्य बैङ्क हो ।
बैङ्कले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैङ्कमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैङ्कले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            