शेखर गोल्छाको मुख्य लगानी रहेको हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले एक वर्षमा नै ८ अर्ब १६ करोड सञ्चालन आम्दानी गरेको छ । सन् १९८८ मा स्थापना भएको कम्पनी सामसुङ मोबाइलको आयातकर्ता र वितरक हो । हिम इलेक्ट्रोनिक्स सामसुङ मोबाइलको दुई आधिकारिक आयातकर्ता र वितरक मध्ये एक हो । त्यस्तै कम्पनीको पोर्टफोलियोमा अन्य ब्राण्डका विद्युतीय उपकरणहरू पनि समावेश छन् ।
देशमा आर्थिक गतिविधिहरू कम भएको अवस्थामा पनि कम्पनीले एक वर्षको अवधिमा सञ्चालन आम्दानीमा १८ दशमलव ६० प्रतिशतको वृद्धि गर्न सफल भएको छ । सन् २०२१ मा सो आम्दानी ६अर्ब ८८ करोड थियो ।
उपलब्ध तथ्याङ्क अनुसार सन् २०१८ कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड, सन् २०१९ मा ५ अर्ब ९ करोड र सन् २०२० मा ४ अर्ब ७० करोड सञ्चालन आम्दानी रहेको छ । यसरी हेर्दा ५ वर्षमा कम्पनीको सञ्चालन आम्दानी ४८ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।
देशभर ४५० भन्दा बढी ठुला र साना डिलरहरूको बलियो नेटवर्क रहेको कम्पनीको मुख्य शेयर धनीमा शेखर गोल्छा रहेका छन्, उनको कम्पनीमा ७५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सो बाहेकको २५ प्रतिशत शेयर गोल्छा परिवारका अन्य सदस्यको नाममा रहेको छ । हिम इलेक्ट्रोनिक्स गोल्छा समूह अन्तर्गतको सहायक कम्पनी हो, जुन नेपालको एक अग्रणी औद्योगिक समूह हो जसले १०० वर्षको इतिहास बोकेको छ ।
कम्पनीले ४ अर्ब ६१ करोड सम्मको ऋण लिनका लागि भर्खरै गराएको रेटिङ्गमा रेटिङ्ग एजेन्सी ईक्रा नेपालले A4+ रेटिङ दिएको छ ।
एक वर्षमा हिम इलेक्ट्रोनिक्सकाे सञ्चालन आम्दानी ८ अर्ब माथि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
