नेपालले चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको ल्यापटप आयात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा नेपालले कुल ९ अर्ब २३ करोड रुपैयाँ बराबरको ल्यापटप आयात गरेको थियो। यो गत आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतको गिरावट हो ।
नेपालले ३७ देशहरूबाट ल्यापटप आयात गरेको छ भने चीनबाट सबैभन्दा बढी ल्यापटप नेपाल भित्रिएको छ। नेपालले चीनबाट मात्रै ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको ल्यापटप आयात गरेको हो। त्यसतै ल्यापटप आयात हुने मुख्य देशहरू मध्ये नेपालले मलेसियाबाट ५ करोड ७ लाख रुपैयाँ, अमेरिकाबाट २ करोड ७८ लाख रुपैयाँ, जापानबाट १ करोड ८५ लाख रुपैयाँ र सिंगापुरबाट १ करोड २६ लाख रुपैयाँ बराबरको ल्यापटप आयात गरेको छ।
ह्वात्तै घट्यो ल्यापटप आयात
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
