ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३१ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात साेमबार वैशाख ३० गतेका दिन, छापावाला सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।