ज्ञानमाण्डू। नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी मर्जरमा जानलागेका ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भैसकेको छ । जनता बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर प्रदान गर्ने गरी १००:८५ शेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता भएको हो । यी दुबै बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासको वित्तीय विवरण पनि प्रकाशित गरिसकेका छन्, त्यहिँ विवरणका आधारमा दुबै बैंकलाई तुलना गर्ने प्रयास गरिएको छ ।
चुक्ता पुँजी: जनता बैंकको ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँ चुक्ता पुँजी रहेको छ भने ग्लोबल आइएमई बैंकको १० अर्ब ४३ करोड ६५ लाख १५ हजार ९ सय ५९ रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
निक्षेप संकलन: जनता बैंकले ७५ अर्ब ३ करोड ९० लाख ५१ हजार १ सय ७८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ग्लोबल आइएमई बैंकले १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार ३० रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कर्जा लगानी: जनता बैंकले ६८ अर्ब ५९ करोड ८८ लाख ४२ हजार ४ सय ३ रुपैयाँ कर्जा लगानी गरेको छ भने कर्जा लगानीमा पनि ग्लोबल आइएमई बैंकले १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार ३६३ रुपैयाँ कर्जा लगानी गरी जनता बैंक भन्दा अघि रहेको छ ।
खुद ब्याज आम्दानी: ग्लोबल आइएमई बैंकले जनता बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। जनता बैंकले व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.४७ प्रतिशतले वृद्धि गरी ९९ करोड ७५ लाख ५९ हजार ६ सय ७६ रुपैयाँ पुर्याएको छ भने ग्लोबल आइएमई बैंकले खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले वृद्धि गरी १ अर्ब ५६ करोड ४७ लाख २७ हजार २७ रुपैयाँ पुर्याएको छ ।
नाफा: जनता बैंकले आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा ३६ करोड ६९ लाख नाफा कमाएको देखिन्छ भने ग्लोबल आइएमई बैंकले जनता बैंकले कमाएको नाफाको दुई गुणा भन्दा बढि ७५ कराेड ३१ लाख नाफा कमाएको देखिन्छ ।
जगेडा कोष र संचित मुनाफा: जनता बैंकको जगेडा कोषमा १ अर्ब ८५ करोड र संचित मुनाफा १ अर्ब १४ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब १ करोड र संचित मुनाफा २ अर्ब ८३ कराेड रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा: जनता बैंकको निस्क्रिय कर्जा १ दशमलव ३३ प्रतिशत देखिन्छ भने ग्लोबल आइएमई बैंकको निस्क्रिय कर्जा ० दशमलव ८५ प्रतिशत देखिन्छ ।
प्रति शेयर आम्दानी: जनता बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ३४ पैसा छ भने ग्लोबल आइएमई बैंक प्रति शेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा सहित अघि छ ।
प्रतिशेयर नेटवर्थ: जनता बैंकको प्रति शेयर नेटवर्थ १३७ रुपैयाँ ५० पैसा छ भने ग्लोबल आइएमई बैंकको प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा छ ।
मूल्य आम्दानी अनुपात: दुवै बैंकको मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा मुनी रहेको छ, जनता बैंकको ११.६६ गुणा छ भने ग्लोबल आइएमई बैंकको १०.२२ गुणा छ ।
As on Quarter ended 30th Ashwin 2076 BS
Particulars | Janata Bank Nepal | Global IME Bank |
Share Capital | Rs 8,00,07,85,925 | Rs 10,43,65,15,959 |
Deposit from Customers | Rs 75,03,90,51,178 | Rs 1,28,99,02,33,030 |
Loans and Advance to Customers | Rs 68,59,88,42,403 | Rs 1,18,48,71,80,363 |
Net Interest Income | Rs 99,75,59,676 | Rs 1,56,47,27,027 |
Profit or Loss for the period | Rs 36,69,21,250 | Rs 75,31,44,332 |
Reserves | Rs 1,85,45,68,714 | RS 4,01,32,26,518 |
Retained Earnings | Rs 1,14,57,60,818 | Rs 2,83,76,90,127 |
Non-Performing Loan | 1.33% | 0.85% |
Earnings Per Share | Rs 18.34 | Rs 28.87 |
Net-worth Per Share | Rs 137.50 | Rs 165.70 |
P/E Ratio | 11.66 times | 10.22 times |