ज्ञानमाण्डू। इन्फिनिटी लघुवित्तको नाफा १५८.१६ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा इन्फिनिटी लघुवित्तले १ करोड २९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले ३ करोड ३४ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२२ करोड ८१ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्फिनिटी लघुवित्तले ६१ करोड ६ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड ७८ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ त्यस्तै इन्फिनिटी लघुवित्तले १ अर्ब १५ करोड ९४ लाख २४ हजार रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ६ करोड ७८ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
इन्फिनिटी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९९.९७ प्रतिशतले बढेर ७ करोड ८१ लाख ५८ हजार रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.३६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७५ पैसा छ र मूल्य आम्दानी अनुपात १५.८३ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू २२,८१,४० |
निक्षेप संकलन | रू ६१,०६,६३ |
कर्जा लगानी | रू १,८१,७८,०६ |
सापटी | रू १,१५,९४,२४ |
खुद ब्याज आम्दानी | रू ७,८१,५८ |
नाफा/(नाेक्सान) | रू ३,३४,७१ |
जगेडा कोष | रू ६,७८,७३ |
निष्कृय कर्जा | १.३६% |
प्रतिशेयर आम्दानी | २९ रुपैयाँ ३४ पैसा |
प्रतिशेयर नेटवर्थ | १२९ रुपैयाँ ७५ पैसा |
मूल्य आम्दानी अनुपात | १५.८३ गुणा |