ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकको नाफा ५.१८ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ७८ करोड १३ लाख नाफा कमाएको थियो भने अहिले ८२ कराेड १८ लाख नाफा कमाएको देखिन्छ ।
८ अर्ब ४५ करोड ८४ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) २ अर्ब ६६ करोड ५८ लाख ७९ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.११ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ६८ लाख ७६ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.४५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ र मूल्य आम्दानी अनुपात ११.७८ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू ८,४५,८४,७८ |
निक्षेप संकलन | रू ९७,५२,३९,०३ |
कर्जा लगानी | रू ८७,५४,६६,१९ |
खुद ब्याज आम्दानी | रू १,९८,६८,७६ |
नाफा/(नाेक्सान) | रू ८२,१८,५० |
जगेडा कोष | रू २,०५,४९,६९ |
संचित मुनाफा | रू ६१,०९,१० |
निष्कृय कर्जा | ०.४५% |
प्रतिशेयर आम्दानी | १९ रुपैयाँ ४३ पैसा |
प्रतिशेयर नेटवर्थ | १३१ रुपैयाँ ८८ पैसा |
आम्दानी अनुपात | ११.७८ गुणा |