नयाँ शैक्षिकसत्र त शुरु भो, भएन पठनपाठन

ज्ञानमाण्डू।उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र सुरु भएको एक हप्ता बितिसकेको छ । यही फागुन ४ देखि सुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन न शिक्षक छन्,न पठनपाठन अगाडि बढेको छ । 

वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्ला बाहिर गएका शिक्षक हालसम्म फर्किएका छैनन् । सबै विद्यालयले नयाँ शैक्षिकसत्रको भर्ना खोलिसकेका छन् । सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराँस माध्यमिक विद्यालयले भने पठनपाठन सुरु गरेको छ । सबैजसो शिक्षक स्थानीयवासी भएकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै पठनपाठन सुरु गरिएको प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिए । 

चङ्खेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालनमा नआएको र शिक्षकसमेत फिर्ता नआएको स्थानीयवासी महेन्द्र बोहराले जानकारी दिए । उनले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताए । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर माध्यमिक विद्यालय, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायत विद्यालयले नयाँ तथा पुराना विद्यार्थी भर्ना जारी राखेका जनाएछन् । मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना सुरु गरिएको बताए । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान सुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताए । 

हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्ला बाहिरै रहेको उनले जानकारी दिए । जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी क्षेत्रका विद्यालयले गत माघ १७ गतेदेखि पढाइ सुरु गरेका थिए ।

पाठ्यपुस्तक पुगेन:

जिल्लामा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लेस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पाठ्यपुस्तक नपुगेको हो । 

चङ्खेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको पुस्तक ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि चार हजार २०० सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तक मात्र पाएको बताए । पुस्तक सबै नेपालगन्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेको उनले बताए । 

जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय लागि पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताए । उनले पनि मागअनुसार पुस्तक नपाएको गुनासो गरेका छन् । दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हुँदै हुम्ला पुग्ने गर्दछन् ।

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पुर्‍याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिए । तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकामा दुई हजार ७०० सेट पुस्तक पुगेका छन् ।सो क्षेत्रका विद्यालयका लागि एक हजार १५० सेट पुस्तक अपुग भएका छन् । बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगन्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x