![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyeejaMRPmPrwMl97z7YLqHX-MLEPiX_4aHTzb_xHbZSarmL1dubJw4-ZJLh7rtfYkO4_52c06EJqEe4NnIstVuUZUn7Yrcu8oqL7f4TpKql-avbGjn64tn1rRYa-fqx3EXxG9SEA0qvuTjYcxG1ZIa-92kcbQs1LlPqyI5Gchfkf5r4Q2-dypfAHUpQ/s16000/image%20(2).jpeg)
ज्ञानमाण्डू। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरेका छन् ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको बैंकले जनाएकाे छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAKst5QdqFmSeo40k6j8YyXY3DVHOtWoba88nT8mMTvnEmvLnHii_NoeAzDZJ8IEjybzZjZI8v8eDXqqgQMnOWSI06uehTksRoMfS6FFPZN2kXqBY0pucs56xFloeyAx-NzbBDdSkCIy8udCWBVu76I41d-6tMr9ponFfQ6JCvR66uBf15utvO2l_Tag/s16000/image%20(4).jpeg)
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सकिने बैंकले जनाएकाे छ ।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे बैंकले जनाएकाे छ ।