ज्ञानमाण्डू। नबिल बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले श्री कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पि सि आर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने कुरा बैंकले जनाएको छ ।