‘एक घर, एक धारा’

ज्ञानमाण्डू।गलकोट नगरपालिका र बागलुङ नगरपालिका–९ मा बृहत् खानेपानी आयोजना शुरुआत भएको छ । ‘एक घर, एक धारा’ को लक्ष्यसहित आयोजनाको काम अगाडि बढाइएको हो । 

‘गलकोट बृहत् खानेपानी आयोजना’को बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले आइतबार ‘भर्चुअल’ माध्यमबाट आयोजनाको शिलान्यास गरेका थिए । बागलुङ नगरपालिका–९ को ‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत खानेपानी आयोजना’मा पनि केही दिनअघि काम थालिएको छ । 

खानेपानी मन्त्रालय अन्तर्गत बन्न लागेका दुवै आयोजना बहुवर्षीय हुन् । गलकोटको लागत रु। १५ करोड र तित्याङको रु। सात करोड छ । दुवै आयोजनाको सर्वे सकेर उपभोक्ता समिति निर्माणतिर लागेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले बताए । 

गलकोटको आयोजनाबाट वडा नं. ३, ५ र ७ का झण्डै १२ सय घरधुरीले लाभ लिने इन्जिनियर केसीले बताए । “यो आयोजनामा ११ साना ‘स्किम’ छन्, वडा नं। ७ मल्मको एउटा ‘स्किम’बाट काम शुरु भएको छ”, इन्जिनियर केसीको भनाइ छ । 

सो आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमि र वितरण ‘पाइपलाइन’ ३२ किमि छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्ने आयोजना कार्यालयले जनाएको छ । 

गलकोट नगरपालिका–७ का अध्यक्ष टीकाबहादुर थापाले आयोजना बनेपछि मल्मसहित वडा नं. ३ हटिया र ५ हरिचौरमा खानेपानीको सहज सुविधा पुग्ने बताए । मल्म, ढुङ्गेखानीस्थित खानेपानीको पुरानै मुहानबाट नयाँ आयोजना विस्तारको काम शुरु भएको उनको भनाइ छ । 

‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बृहत् खानेपानी आयोजना’बाट ५७२ घरधुरीका करिब ३८ सय जना लाभान्वित हुने भएका छन् । सो आयोजनामा पनि १० देखि ५० घनमिटरसम्मका ट्याङ्की निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । 

आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ ७ किमि र वितरण ‘पाइपलाइन’ १७ किमि छ । दुवै आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य रहेको सिनियर इन्जिनियर केसीले बताए । आगामी आवमा गलकोटको आयोजनाका लागि रु. ५० लाख र तित्याङको लागि रु. ३० लाख बजेट छुट्टिएको छ । 

काम नसकुञ्जेल क्रम गत रूपमा बजेट आउने आयोजना कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापामगरले स्रोत भएर पनि समयमा आयोजना नबन्दा खानेपानीको समस्या निम्तने गरेको बताए । 

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सबै घरमा धारा निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको बताए । प्रमुख पौडेलले शुरु भएका आयोजनालाई अलपत्र पर्न नदिइने उल्लेख गरे । सांसद देवेन्द्र पौडेलले घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने सरकारी नीति रहेको जानकारी दिए । “अहिले बन्न लागेका आयोजना पनि ‘एक घर, एक धारा’ अभियान अन्तर्गतकै हुन्”, उनले भनाइ छ । 
खानेपानी मन्त्रालयको लगानीमा जिल्लामा २० आयोजना सञ्चालित छन् । तीमध्ये १५ वटा क्रम गत र पाँच नयाँ आयोजना हुन् । ती आयोजनाका लागि आगामी आवमा रु ३३ करोड २६ लाखभन्दा बढी बजेट छुट्टिएको छ । प्रदेश सरकार र स्थानीय तहको लगानीमासमेत कयौँ  खानेपानी आयोजना निर्माणाधीन छन् । प्रदेश सरकारले पनि आगामी दुई वर्षभित्रमा गण्डकीका सबै घरधुरीमा आधारभूत खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x