ज्ञानमाण्डू। वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैङ्कले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६ औँ वार्षिकोत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैङ्कले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत:
जस अन्तर्गत:
- घर कर्जामा: ७.९९%
- धितो कर्जामा: ८.४९%
- व्यक्तिगत ओभर ड्राफ्टमा: ८.४९%
- साना तथा मझौला कर्जामा: ७.९९%
सीमित समयका लागि बैङ्कले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरूलाई केही सहायता पुग्ने बैङ्कले विश्वास गरेको छ ।