![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २२ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilt3o9zxQ-I1WbyV1EcX6018JYurNmYdX43E9OoOCNe0GjYedWoG5SE6kb4rdNd49XEfYd_o9pQUWMo71aObMsjaZfYDah1Q0P_iN98rHjLB2czAMBwH8XT5JVJw2fcRe9tx85aVdsUv1icHCxM4igeAa4pomOHm-535Zdv7LLQum09N5z65m_i4t7JQ/s16000/Screenshot_76.png)
अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।