
ज्ञानमाण्डू।सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको मिती २०७७ साल फागुन ११ गते मंगलबारका दिन बसेको सञ्चालक समितिको ८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूजी को ९ दशमलव ११ प्रतिशतले हुन आउने बोनस शेयर र शुन्य दशमलव ४८ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मंगलबारका दिन बेलुका ५:३० मा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले नाफाबाट ९ दशमलव ११ प्रतिशतले हुन आउने बोनस शेयर र शुन्य दशमलव ४८ प्रतिशत(बोनस शेयर र लाभांशमा लाग्ने करसहित)ले हुन आउने नगद लाभांश गरी कुल ९ दशमलव ५९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने लघुवित्तले जानकारी दिएको छ ।
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि लघुवित्तको पुँजी २५ करोड ६८ लाख ३० हजार ५०० रुपैयाँ पुग्नेछ ।
