![](https://1.bp.blogspot.com/-i2eLHDBWxyo/YFLkjTBDrfI/AAAAAAAAMf0/5-t6GJjN3D0L0b5r14iYSS8u_r4zkk-BwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-18%2Bat%2B11.11.19.png)
काठमाडौँ, नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोवार भएको हो ।
गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोवार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोवार भएको छ ।रासस