![](https://1.bp.blogspot.com/-4wgWzPMwSfc/YFcThuKrNjI/AAAAAAAAMk8/VutSSScvNdkitYz343ivgm399nO7LBOiwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-21%2Bat%2B15.20.46.png)
काठमाडौँ, यातायात व्यवस्था विभागलेयही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ ।
मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ ।
मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिनुभयो ।
विभागले यसअघि नै चितवनको अपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । विभागको सडक सुरक्षाका लागि मुख्य सडकमा तौल पुल निर्माण गरी सवारी साधनको भारवाहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना रहेको छ ।रासस