![](https://1.bp.blogspot.com/-TywxXy9fIRY/YFhn9Za6ZMI/AAAAAAAAMo8/_MoMD8g8hRki6KxeoiHe1KIO6ms48gT3wCNcBGAsYHQ/s16000/Nepse%2BGoes%2BDown.png)
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २६७१ दशमलव ६१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६२ अंकले बढेर ४७६ दशमलव ८० को विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-YEYob7_YhUk/YG1-pztifEI/AAAAAAAANGE/ORqlbO9FI5k-bPOFtCEJ-Ipz_fGsMkdqwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-07%2Bat%2B15.27.32.png)
आज कूल २१५ कम्पनीका १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता शेयर रु ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५७० मा खरिद बिक्री भए ।
![](https://1.bp.blogspot.com/-0FevbrkZJ8o/YG1_QSGZq4I/AAAAAAAANGM/ZPBcrVm-6aMGCVIUXKWFKj758k3JHX6UgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-07%2Bat%2B15.27.43.png)
कारोबार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह शुन्य दशमलव ५९ अङ्कले बढ्दा , होटल तथा पर्यटन उपसमूह २३२.६४ अङ्कले, विकास बैंक उपसमूह ४०.५२ अङ्कले, वित्त ०.९८ अङ्कले, लघुवित्त उपसमूह १०७.४४ अङ्कले र सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०४ अङ्कले बढेको छ। यता, ट्रेडिङ उपसमूह १६३ अङ्कले घट्दा जलविद्युत ३३.०३ अङ्कले, निर्जीवन बीमा २०१.३९ अङ्कले, उत्पादन ८० .५५ अङ्कले, अन्य उपसमूह १८.९१ अङ्कले, जीवन बीमा १०६.६९ अङ्कले र लगानी उपसमूह १ दशमलव ७३ अङ्कले घटेको छ।
![](https://1.bp.blogspot.com/-KOKzwYaXfeQ/YG2Bq9b2h8I/AAAAAAAANGU/4mPMG1Uvcqw02fmL6JCBcLUuYyG6LiEogCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-07%2Bat%2B15.40.30.png)
कारोबारको आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । आज निफ्राको २७ करोड ६३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज २ दशमलव ३१ प्रतिशतले घटेको छ । त्यस्तै, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २२ करोड १५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज शुन्य दशमलव १५ प्रतिशतले घटेको छ ।
आज अपर छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको १९ करोड ४३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १८ करोड १७ लाख रुपैयाँ माथिको र नेपाल दूरसंचार कम्पनी लिमिटेडको १५ करोड ८० लाख माथिको शेयर कारोबार भएको छ।
![](https://1.bp.blogspot.com/-07xu2X1P5HQ/YG2C9dL3xiI/AAAAAAAANGc/ZPbWCuhjST0wKUlciKZxw6NHQyvQcCHFACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-07%2Bat%2B15.46.07.png)
आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
चन्द्रागिरी हिल्स लिमिटेड र एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले समान ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन्। यता रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् भने युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७० प्रतिशतका दरले कमाएका छन्।
![](https://1.bp.blogspot.com/-3uqONePqdoo/YG2EbJIB6WI/AAAAAAAANGk/2cEOq5PXqjs5nLbdE63KOGZLJcwSrnaDwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-07%2Bat%2B15.52.19.png)
त्यसैगरी आज सबैभन्दा धेरै रैराङ हाइड्रोपावर डेभेलपमेण्ट लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । यता युनाइटेड इदी मार्दी एण्ड आर वि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ५ दशमलव २४ प्रतिशतका दरले गुमाएका छन्।